प्रहरीको गोली लागेर महिला घाईते

http://sindhulidarpan.blogspot.com/2012/05/s_2551.html
झापा,जेठ १७ । झापाको काँकडभिट्टामा प्रहरीले अन्धधुन्ध गोली प्रहार गर्दा एक महिला घाइते भएपछि विरोधमा कारबाहीको माग गर्दै आज स्थानीयले सडक अवरुद्ध पारेका छन । प्रहरी जवान मनोज चौधरीले चलाएको गोली लागेर मेचीनगर–१० की ३५ वर्षीया सरिता लिम्वु गम्भीर घाइते भएपछि स्थानीय विरोधमा उत्रिएका हुन ।
गएराति क्षेत्रीय अनुसन्धान व्युरोका प्रहरी जवान चौधरीले अन्धधुन्ध गोली चलाएको स्थानीयको आरोप छ ।
इलाका प्रहरी कार्यालय काकरभिट्टाले भने सुपारी तस्करीसंग सामान्य भनाभनपछि प्रहरी गोली चलाउन वाध्य भएको बताएका छ । स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरोध गरेपछि सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको काकरभिट्टाका प्रहरी निरीक्षक सुकदेव खनालले जानकारी दिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !