जनजातीहरु छुट्टै पार्टी खोल्दै

काठमाण्डौ,जेठ १७ । आदिवासी जनजातिका अगुवाहरुले आगामी मङ्सिरमा घोषणा गरिएको संविधानसभाको निर्वाचनमा आफूहरु एउटै राष्ट्रिय राजनीतिक शक्तिकारुपमा रुपान्तरित हुने बताएका छन् । आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले आज राजधानीमा गरेको छलफलमा चार वर्षे संविधानसभाबाट जातीय पहिचानसहितको सङ्घीय संविधान जारी नगरी संविधानसभा नै विघटन भएपछिको अवस्थामा अबको निर्वाचनमा जातीय पहिचानसहितको सङ्घीयताका लागि एउटै राजनीतिक शक्ति बन्ने उनीहरुले बताएका हुन् ।

 आफूहरुको मागलाई खासगरी नेपाली काँग्रेस र नेकपा (एमाले) ले सम्बोधन गर्न नसकेको आरोप छलफलमा सहभागीहरुले लगाएका छन् । गत १४ जेठमा संविधानसभा विघटन भएपछि समितिको दुई दिनसम्म जारी रहेको छलफलमा उनीहरुले काँग्रेस र एमाले नै जातीय पहिचानसहितको सङ्घीयताको विरोधी रहेको निष्कर्ष निकाल्दै सम्पूर्ण आदिवासी जनजातिलाई एउटै राजनीतिक शक्तिमा आबद्ध हुन आह्वानसमेत गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव आङकाजी शेर्पाले भन्नुभयो हामी अब आफूहरुको माग पुरा गर्न तथा आगामी संविधानसभामा आदिवासी जनजातिको पक्षमा दुई तिहाइ मत ल्याउने गरी लाग्ने बताउनुभयो । समितिका सदस्य तथा किराँत राई यायोक्खाकी उपाध्यक्ष दुर्गा राईले प्रमुख पाटीभित्रै मोर्चाबन्दी गरेर जाने वा नयाँ पार्टी खोल्ने भनेर आफूहरुबीच छलफल भइरहेको बताउनुभयो ।

Related

राष्ट्रिय 7916986129479928547

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item