बर्दिबासमा बढ्दैछन् लागु पदार्थ दुव्र्यसनीहरु

अनु खनाल,बर्दिबास,जेठ १८ । केहि सयमयता बर्दिबास क्षेत्र लागूपदार्थ प्रयोगकर्ताको अखडा बन्दै गएको छ । बर्दिबासको मु्ख्य चोक, वन क्षेत्र, रातुपुल वरिपरीका क्षेत्र, विश्वकर्मा मन्दिर परीसर र बजार नजिक रहेको महादेव मन्दिर परिसर, बुद्ध चोकलगाएतका क्षेत्रमा लागुपदार्थ सेवन गर्नेहरु सहजै देख्ने गरीन्छ  । विशेषगरी लागुपदार्थ प्रयोग गर्नेमा १६ देखि ३० वर्ष उमेर समुहका युवाको संख्या बढि देखिने गरेको छ ।

वन क्षेत्रमा गाइ वस्तु चराउन जाने गोठाला र घाँस दाउरा लिन जाने युवा समेत लागुपदार्थ दुव्र्यसनीमा फस्ने गरेको विभिन्न संघसंस्थाका सामाजिक परीचालकहरुले जनाएका छन् । बर्दिबासको पुर्वपश्चिम राजमार्गबाट एक किलोमिटर दक्षिणमा रहेको महादेव मन्दिरमा उल्लेख्य मात्रामा युवाहरु बस्ने र लागुपदार्थ सेवन गर्ने गरेको त्यहाँ बासीन्दाको भनाइ छ । जिल्लाको आर्थिक वर्ष २०६८÷०६९ मा लागु पदार्थ सम्बन्धी दर्ता भएका १० मुद्दा मध्ये बर्दिबास मात्रको ७ मुद्दा दर्ता भएको  छ ।


Related

विविध 3510967993297636230

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item