महोत्तरीमा लुटपाट

http://sindhulidarpan.blogspot.com/2012/05/s_2224.html
महोत्तरी,जेठ ८ । महोत्तरीको लक्ष्मिीनिया ७ को एघार नम्बर टोलमा गएराति तीन घरमा लुटपाट भएको छ । राति करिब १२ बजेको समयमा पाँच जनाको समूहमा आएका सशस्त्र डाँकाहरुले पेस्तोल देखाउदै लक्ष्मिनिया ७ का सबुरी महतो, उहाँका छोराहरु श्याम महतो र श्रवण महतोको घर बाट १ लाख ७५ हजार नगद, ५ तोला सुन, ३ किलो चाँदी लगाएत ७ लाख बराबरको धनमाल लुटेर लगेको पीडितहरुले बताएका छन् । डाँकाहरुको समूहले घरका सदस्यहरुलाई पनि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !