करेन्ट लाग्दा...

भद्रपुर,  वैशाख २५ । कहिलेकाहीँ जीवनमा दिनदशा आइलाग्यो भने छेकेर छेक्न कहाँ सकिँदोरहेछ ?
यस्तै भएको छ– झापा शिवगन्ज गाविस–५ लालपानी बस्ने युवराज श्रेष्ठलाई । गत साल चैत ६ गते पानी लिन आफ्नै घरको ट्युबवेलमा गएर ह्यान्डिल समातेर थिच्न नपाउँदै करेन्ट लागेर बेहोस भएपछि यस्तै स्थिति भोग्नुपरेको छ । एघार हजार केभी लाइन भएको विद्युत्को मूल लाइनको एक तार चुँडिएर आएको, ट्रान्सफर्मरले नियन्त्रण गर्न नसकेको र अत्यधिक विद्युत् प्रवाह भएको अवस्थामा मोटर जोडिएको ट्युबवेल समाउनेबित्तिकै उहाँ बेहोस भएको श्रीमती जीवनकुमारीले बताउनुभयो ।

आफ्ना श्रीमान् युवराज बेहोस भएर ढलेपछि छरछिमेकीलाई हारगुहार गरी मिटर लाइन काट्न लगाएर निजलाई उपचार गर्न भद्रपुरस्थित ओम पाथीभरा अस्पतालमा लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि हाल काठमाडौँस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार निजको दाहिने खुट्टाको घुँडाको हाड भाँचिएर काट्नुपरेको र नसा सुकेर गएकाले शल्यक्रिया गर्दा अहिलेसम्म करिब रु सात लाख खर्च भइसकेको छ ।  घरको आर्थिक अवस्था कमजोर भएकाले थप उपचार गर्न रकम अभाव भएकाले सहयोग मागिरहेको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच नेवाः पुच सुरुङ्गाले रु तीन लाख रूपैयाँ सहयोग दिने लक्ष्यअनुसार सहयोगका लागि रु  एक लाख ५० हजार रूपैयाँ दिइसकेको छ भने यही वैशाख २९ गतेसम्ममा बाँकी रकम थपेर दिने भएको छ । उक्त घटनामा स्थानीय अन्य व्यक्ति पनि घाइते भएको तथा सामान नष्ट भएको हुँदा नेपाल विद्युत् प्राधिकरण समक्ष क्षतिपूर्तिको माग गरेको बताइएको छ ।

Related

विविध 7454365299550797555

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item