तीनपटक मकै छर्दा पनि असिनाले नष्ट

तनहुँ, वैशाख २५ । 


तीनपटकसम्म दोहोराएर मकै छर्दा पनि असिना पानीले नष्ट गरेपछि यहाँका कृषक भोकमरी लाग्ने खतरादेखि दिनहुँ चिन्तित हुन थालेका छन् । प्रमुख बालीका रूपमा रहेको मकैखेती तीनपटक आएको असिनाले नरहेपछि फिरफिरे गाविस–१, ३, ४ र ६ का बासिन्दा चिन्तित बनेका हुन् ।

 ‘एघार रोपनी क्षेत्रफलमा लगाइएको मकै असिनाले एक बोट पनि नराखी नोक्सान ग¥यो’– फिरफिरे लामागाउँका कृषक गम्भीरसिं गुरुङले भन्नुभयो, ‘यस वर्ष खाना नपाएर भोकै मरिने भइयो, चैत २६ देखि २९ गतेसम्म परेको असिनापानीले गोडमेल गरिसकिएको मकै नष्ट गरेपछि फेरि लगाउँदा यही वैशाख २१ गते दिउँसो करिब दुई घन्टा परेको असिनापानीले नोक्सान ग¥यो ।’


असिनापानीले तरकारीखेती र फूल खेल्दै गरेका सुन्तला, आरु, नासपातीलगायत फलफूल समेत नष्ट भई आफ्नो रु दुई लाखभन्दा बढीको क्षति भएको अर्का कृषक भीममाया गुरुङले जानकारी दिनुभयो ।   ‘असिनापानीले खेती मात्रै नष्ट गरेन’, अर्का कृषक उमानसिह गुरुङले भन्नुभयोे, ‘रूखको घाँसको पातसमेत नष्ट हुँदा पशु पाल्न गाह्रो भएको छ ।’ लगाइएको बालीनाली असिनापानीले नष्ट गरेपछि उक्त वडाका बासिन्दामा के खाएर बाँच्ने भन्ने चिन्ताले सताउन थालेको उहाँले बताउनुभयो । उक्त गाविसमा असिनापानीले लाखौँको क्षति भएकाले सरकारले राहतको व्यवस्था गर्नुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् ।

Related

प्रमूखखबरहरु 8939501969062099825

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item