पाखामा बसेर पढ्न बाध्य

गाईघाट, वैशाख २५ ।


 केही दिनअघि उदयपुरका विभिन्न क्षेत्रमा आएको  हावा तथा हुरीका कारण केही विद्यालयको छानो उडाएर अझैसम्म तिनको मर्मत हुन नसक्दा विद्यार्थी पाखामा बसेर पढ्न बाध्य हुनुपरेको छ ।

पहाडी गाविस जाँतेको जनता उच्चमाध्यमिक विद्यालयको छानो यही वैशाख १९ को हावाहुरीले उडाएपछि अहिले विद्यालयका झन्डै १५० जनाभन्दा बढी विद्यार्थीले अन्यत्र बसेर पढिरहेको विद्यालयका प्राचार्य बमेन्द्र बुर्जामगरले बताउनुभयो । । 

केही दिनअघि आएको हावाहुरीको कारण सो विद्यालयका दुइटा भवनको झन्डै ४५ भन्दा बढी कर्कटपाताका छाना उडेका थिए । अहिलेसम्म विद्यालयको छानो मर्मत हुन नसक्दा विद्यार्थीले पाखामा बसेर पढिरहेको स्थानीय अभिभावक रुद्रप्रसाद बुढाथोकी र नरेश कार्कीले बताउनुभयो  ।

जिल्लाको पूर्वी भेगको रामपुर ठोक्सिलाको गुरुङचौरीमा अवस्थित गुरुङचौरी तथा सिद्धिगणेश निम्नमावि आँपटारका विद्यालयको पनि केही भवनका छाना हुरीले उडेकामा अहिलेसम्म मर्मत भएको छैन । यसबाट विद्यार्थीलाई अन्यत्र नै राखेर अध्ययन गराउन विद्यालय बाध्य भएको गुरुङचौरी उच्चमाविका शिक्षक गिरिराज परियार तथा सिद्धिगणेश निमाविका अभिभावक शेरबहादुर कटुवालले बताउनुभयो ।

सहकाली प्रावि टोड्केको पनि विद्यालय र चर्पी दुवैको छानो उडाएपछि अहिले सो विद्यालयका विद्यार्थी मुस्किलले  पढ्दै आएको स्थानीय अभिभावक बमबहादुर कार्कीले बताउनुभयो । केही दिनअघि अचानक आएको भीषण हावाहुरीका कारण  विभिन्न स्थानमा दर्जनौँ विद्यालयका छानो हुरीले उडाएपछि अहिले ती विद्यालयका विद्यार्थी भवनको छानो मर्मतको अभावमा पाखामा नै बसेर पढ्न बाध्य हुनुपरेको सम्बन्धित विद्यालयका शिक्षक तथा अभिभावकको गुनासो गरेका छन् । 

जिल्ला शिक्षा कार्यालय उदयपुरका सहायक जिल्ला शिक्षा अधिकारी जयप्रसाद महत भन्नुहुन्छ, ‘जिल्लाका कुन–कुन स्थानमा विद्यालयका छानो उडाएको हो भन्ने तथ्याङ्क भर्खरै प्राप्त भएको छ तर तत्काल जिल्ला शिक्षा कार्यालयसँग सम्बन्धित विद्यालयको छानो मर्मत गर्ने बजेट छैन, सम्बन्धित विद्यालयको छानो मर्मतका लागि जिविस उदयपुरलाई केही बजेट निकासा गराई दिन अनुरोध गरिएको छ । 

Related

राष्ट्रिय 4187789720314342765

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item