माओवादीको संस्थापन र बैद्य समूहको छुट्टाछुट्टै बैठक

http://sindhulidarpan.blogspot.com/2012/05/s_31.html
काठमाण्डौ,जेठ १८ । दुवै बिचार समूह मिलेर जाने वा छुुट्टिने भन्ने निक्र्यौल गर्न एकीकृत माओवादीको संस्थापन पक्ष र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले आफू पक्षका केन्द्रीय सदस्यहरुको छुट्टाछुट्टै बैठक आज बोलाएका छन् । पार्टी विवाद, संविधानसभाको विघटन, आगामी रणनीतिको बारेमा छलफल गर्न संंस्थापन पक्षको बैठक बिहान ११ बजे पेरिसडाँडा कोटेश्वरमा बोलाइएको छ । पेरिसडाँडामा बस्ने बैठकमा संविधानसभा विघटनको समीक्षा, संविधानसभा नयाँ चुनावको तयारी, पार्टीको आगामी कार्ययोजना लगायत विषयमा छलफल हुने पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो ।
पछिल्लो राजनीतिक परिस्थितिको जानकारी गाउँ तहसम्म पु¥याउने र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग मिलेर जनपरिचालनमा जानेबारे पनि बैठकमा छलफल हुने गजुरेलले बताउनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक परिस्थितिको समीक्षा सहित पार्टीको आगामी रणनीतिबारे प्रस्ताव पेस गर्ने बताइएको छ । माओवादीको संस्थापन र बैद्य समूहको एकै दिन छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्न लागेको यो पहिलो पटक हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !