छुट्टिने सम्भावना धेरै भएको बैद्य समूहको प्रतिक्रिया

http://sindhulidarpan.blogspot.com/2012/05/s_5418.html
काठमाण्डौ,जेठ १८ । माओवादीको असन्तुष्ट बैद्य पक्षले भने पार्टी एकताको सम्भावना अब सकिएको प्रतिक्रिया दिएको छ । संस्थापन पक्षसँग कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल र निर्णय गर्न बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहको केन्द्रीय सदस्यहरुको बैठक बिहान ११ बजेपछि ललितपुरको कुपन्डोलमा बस्दैछ । संविधानसभाको विघटनपछि एउटै एजेण्डा बनाएर भावी रणनीति बनाउने संस्थापन पक्षले प्रयास गरे पनि बैद्य समूहले भने पार्टी एकताको सम्भावना करिब सकिएको प्रतिक्रिया दिएको छ ।
पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले पार्टी नेतृत्वसँगको सम्बन्धको बारेमा आधिकारिक धारणा तयार पार्ने र त्यसै अनुसार कदम चाल्ने बारेमा आजको बैठकमा छलफल र निर्णय गरिने सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार संस्थापन पक्षले पार्टीको आधिकारिक लाइन र सिद्वान्त छोडेका कारण एकताको सम्भावना कम्जोर देखिएको छ । पार्टी एकताको लागि अध्यक्ष पुष्पकमल दाहालले पद छोड्नुपर्ने र विगतमा भएका गल्ती स्वीकार गर्नुपर्ने बैद्य समूहले शर्त राखेको छ । आफू पक्षका केन्द्रीय समितिको बैठकमा संविधानसभा विघटनको कारण, समीक्षा, अहिलेको सरकारको राजिनामा माग र राष्ट्रिय सरकार निर्माणको बारेमा पनि कुराकानी हुने पोलटव्यूरो सदस्य कँडेलले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !