वर्षाका कारण मेची राजमार्ग अवरुद्ध

http://sindhulidarpan.blogspot.com/2012/05/s_3548.html
ताप्लेजुङ,जेठ १७ । गएरातिको भिषण वर्षाले मेची राजमार्गको ताप्लेजुङ पाँचथर सडक खण्ड अवरुद्ध भएको छ । ताप्लेजुङको नाङखोल्याङ गाविसको सेसम्वु – म्याखा जोड्ने हरिनन्देमा सडक माथिको पहरो फुटेर बाटो अवरुद्ध भएको होम पौडेलले जानकारी दिनुभयो । राजमार्गमा पहिरो खसेपछि मेचीराजमार्ग भएर सञ्चालन हुने दर्जनौं सवारी साधन बीचबाटोमा अलपत्र परेका छन् । ताप्लेजुङ सदरमुकाम हुदै झाँपा झर्ने तथा झापा, इलाम तथा पाँचथर हँुदै ताप्लेजुङ आउने यातायतका साधन अलपत्र परेका हुन । पहिरोले ठूलो क्षेत्र ओगटेकाले छिट्टै खुल्ने सम्भावना कम छ । हिजो रातिको वर्षाले मेचीराजमार्गको पाँचथर सिंहापुर – भालुचोक सडक खण्ड अवरुद्ध भएपछि ८ घन्टा पछि खुलेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !