राष्ट्रिय सहमतिको सरकार गठन नागरिक समाजको पहल

काठमाण्डौ,जेठ १७ । सर्वदलीय र सर्वपक्षीय सरकार गठनका लागि पहल थाल्न नागरिक समाजले राष्ट्रपतिलाई आग्रह गर्ने भएको छ । नागरिक समाजका अगुवाहरूले अहिले बिहान १० बजेपछि राष्ट्रपतिसँग हुने छलफलमा यस्तो आग्रह गर्ने भएका हुन् । मुलुकमा देखिएको संवैधानिक सङ्कट अन्त्यका लागि यथाशीघ्र राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने नागरिक समाजका अगुवाहरूले बताएका छन् । 


यसैबीच प्रधानमन्त्रीको राजीनामाका लागि दबाब दिन विभिन्न युवा तथा विद्यार्थीहरूले आज संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । एमाले, काङ्ग्रेसलगायत विभिन्न राजनीतिक दलसँग आवद्ध १६ वटा सङ्गठनहरूले काठमान्डुको रत्नपार्कबाट दिउँसो ३ बजे विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेल जानकारी दिनुभएको । यसैगरी भोलि देशव्यापी प्रदर्शन र पर्सि राजनीतिक निकासका सम्बन्धमा कानुनविद् र नागरिक समाजका अगुवाहरूको सहभागितामा वृहत् अन्तक्र्रियाको कार्यक्रम रहेको पनि ढुङ्गेलले सीआईएनले जानकारी दिनुभयो । 

Related

विविध 8268013754055142650

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item