काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने


काठमाण्डौ,जेठ १७ । संविधानसभा र संसद विघटनपछि सरकारले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचनको बारेमा छलफल गर्न नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले समसामयिक विषयमा आ–आफ्ना धारणा राख्ने कार्यक्रम छ ।

 हिजो बसेको काङ्ग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्दै दबाबका लागि सङ्घर्ष कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो । आज शान्तिपूर्ण आन्दोलनको स्वरुप तय गर्ने विषयमा छलफल हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । काङग्रेसले चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्रीको निर्णय असंवैधानिक भएको आरोप लगाउँदै आएको छ । मुलुकमा देखिएको राजनीतिक सङ्कट हटाउन सहमतिको सरकार नै अहिलेको विकल्प भएको काङ्ग्रेसको ठहर छ । विकसित परिस्थितिका सम्बन्धमा अरू दलसँगको छलफललाई पनि काङ्ग्रेसले निरन्तरता दिँदै आएको छ ।


Related

विविध 2032887185121469549

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item