नेपाल रेल्वेका महाप्रवन्धक सुरेश यादवको गोली हानी हत्या

http://sindhulidarpan.blogspot.com/2012/05/s_3210.html
जनकपुर,जेठ १७ । नेपाल रेल्वेका महाप्रवन्धक सुरेश यादवको गएराति गोली हानी हत्या भएको छ । नेपालको एकमात्र रेलवेका महाप्रवन्धक ४५ वर्षका सुरेश यादवको छातीमा गोली हानेर हत्या गरिएको हो । गोली लागेर अन्य चार जना घाइते भएका छन् । धनुषाको तारापट्टी सिसिर्यामा रहेको आफ्नै घरमा छिमेकीहरुसँग कुराकानी गरिरहनु भएका बेला आधा दर्जन बढीको संख्यामा रहेका हतियारधारी समूहले अन्धाधुन्ध गोली प्रहार गरेको घाइतेहरुले जनाएका छन् । घाइते अन्य चार जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । घाइते हुनेहरुमा मृतक यादवका छिमेकीहरु ३० वर्षका श्याम यादव, ३२ वर्षका राजनकुमार यादव, ५० वर्षका सुरेश यादवको र ५५ वर्षका श्रीप्रसाद यादवलाई भएको प्रहरीले जनाएको छ ।
श्याम र सुरेन्द्रलाई भने थप उपचारका लागि धरान रेफर गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । धनुषाका प्रहरी उपरीक्षक पुरुषोत्तम कडेलका अनुसार गोली प्रहार गर्नेहरुमध्ये स्थानिय हरेशिव यादव पनि भएको बुझिएको छ । यादव र हरेशिव यादवबीच केही समयदेखि पोखरीसम्वन्धि विवाद चल्दै आएको थियो । पोखरीकै विवादका कारण यादवको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यादवको हत्या कायरतापुर्ण भएकोे भन्दै फोरम धनुषाका अध्यक्ष शेषनारायणँ यादवले घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्नु भएको छ । दोसीलाई पक्राउ नगरे आफूहरु कडा आन्दोलनमा उत्रने बताइएको छ ।
महाप्रवन्धक यादव केही दिनअघि मात्रै काठमाण्डौबाट जनकपुर आउनु भएको हो । यादव मधेसी जनअधिकार फोरम नेपालका स्थानीय नेता हुनुहुन्थ्यो । झलनाथ खनाल प्रधानमन्त्री हुनु भएका वेला प्रवन्धक हुनुभएका यादव डा.बाबुराम भट्टराईको सरकार आएपछि भने प्रवन्धकबाट हटाइनु भएको थियो । तर सर्वोच्चमा मुदा हालेर यादवले फेरी पनि कार्यभार सम्हाल्नु भएको हो । तर रेलवेको स्थानीय कर्मचारीहरुसागको विवादले उहाँलाई केन्द्रिय कार्यालयमा हाजिर गर्ने व्यवस्था मिलाइएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !