कार्यकर्तालाई गाँउ जान निर्देशन

काठमाडौं, १७ जेठ । कांग्रेस सभापति सुशील कोइरालाले कार्यकर्ताहरुलाई गाउँ जान निर्देशन दिनुभएको छ ।

महाराजगञ्जस्थित आफ्नै निवासमा जम्मा भएका कार्यकर्ताहरुलाई कोइरालाले यस्तो निर्देशन दिनुभएको हो । राष्ट्रिय सहमतिका आधारमा मुलुकमा कुनै बेला निर्वाचनको घोषणा हुनसक्ने बताउदै कोइरालाले सहमतिका लागि पार्टीले पहल गरिरहेको जानकारी पनि दिनुभयो । ‘हाम्रो पहलले सफलता पाउने मेरो बिश्वास छ,’ कोइरालाको भनाई थियो, ‘त्यसकारण तपाईहरु जनतासमक्ष गई संबिधान बन्न नसक्नुका कारण बारे स्पष्ट जानकारी दिनुस ।’

सभापति कोइरालाले कांग्रेसको पक्षमा जनमत बनाउन पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको उहाँका प्रेस सल्लाहाकार विपुल पोखरेलले जनाकारी दिनुभयो । केन्द्रीय समिति बैठकबाट जनताको लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने षडयन्त्रका बिरुद्ध देशव्यापिरुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय कांग्रेसले गरेको थियो ।

कोइरालाले कार्यकर्ताहरुलाई सोही निर्णयका आधारमा अगाडि बड्न समेत आग्रह गर्नुभएको छ । यसैबीच आजै सभापति कोइरालाले निवर्तमान सभासदहरुसंग छलफल गरी आबश्यक निर्देशन दिने कार्यक्रम छ ।

Related

राष्ट्रिय 4672792622244998356

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item