जातीय साम्प्रदायिकता नमच्चाउन राष्ट्रसंघलाई चेतावनी

http://sindhulidarpan.blogspot.com/2012/05/s_3806.html
ललितपुर,जेठ १ । संयुक्त राष्ट्रसंघ लगायत नेपालमा रहेका दातृ निकायहरुलाई जातीय साम्प्रदायीकता नभड्काउन खवरदारी गर्न अभियानकर्मीहरुले पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालयमा धर्ना दिएका छन् ।
उनीहरुले नेपालमा रहेका दातृ निकायहरुलाई जातीय साम्प्रदायिकता भड्काउने काम बन्द गर्न चेतावनी दिएका छन् । दातृ निकायहरुले लिएको विभेदकारी नीति वन्द गर्न माग गर्दै अभियानकर्मीहरुले राष्ट्रसंघको कार्यालयमा धर्ना दिएको बताएका छन् ।
साम्प्रदायिक सद्भाव बढाउने भन्दा पनि हिंसाका लागि सहयोग दिएको भन्दै त्यस्तो सहयोग बन्द गर्न उनीहरुले माग गरेका छन् । दातृ निकायलाई जातीय विद्धेÈ बढाउने काममा अनुदान तथा सहयोग दिने काम रोक्न पनि आफूहरुको माग रहेको अभियानकर्मी शैलेन्द्र गौडेलले बताए । प्रदर्शनकारीहरुले राष्ट्रसंघ, दातृ निकाय र अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत कर्मचारीहरुले नेपालमा तिर्नुपर्ने कर लगायतको विÈयमा समेत प्रश्न उठाएका थिए । आज मध्यान्ह धर्ना बस्न पुगेका उनीहरुलाई प्रहरीले धरपकड गरि हटाएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !