एम्बुलेन्समा मदिरा बोतल

कैलाली,  वैशाख १ । धनगढीबाट मदिरा बोकेर बझाङतिर गइरहेको सरकारी नम्बर प्लेटको एम्बुलेन्सलाई डडेल्धुरामा नियन्त्रणमा लिईएको छ । अखण्ड सुदूरपश्चिम समर्थकले सो एम्बुलेन्सलाई मदिरा सहित आज नियन्त्रणमा लिएका हुन् ।  एम्बुलेन्स र चालकलाई उनीहरुले प्रहरीको जिम्मा लगाएका छन् । मदिरा र यात्रु बोक्ने गरेको थाहा पाएका स्थानीयले बागबजारमा एम्बुलेन्स रोकेर हेर्दा मदिरा फेला पारेको एमाले डडेल्धुराका अध्यक्ष विक्रम शाहीले बताए ।


सरकारी नम्बर प्लेट से १ झ २१२ नम्बरको एम्बुलेन्स र चालक जगदीश बोहरालाई आन्दोलनकारीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय डडेलधुराको जिम्मा लगाएका छन् । एम्बुलेन्समा ठूलो परिमाणमा मदिरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरिक्षक विनोद घिमिरेले बताए । एम्बुलेन्समा लुकाई छिपाई राखेको अवस्थामा भर्जिन, जिन, युनिकोन लगायतका पाँच पेटी मदिरा र केही तरकारी बरामद गरिएको नायव उपरिक्षक घिमिरे जानकारी दिए । एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्र देउलेक बझाङको रहेको प्रहरी भनाई छ ।

Related

राष्ट्रिय 7410047489978010173

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item