समाजसेवामा अमिताभ वच्चन

मुम्वई: अमिताभ बच्चनले महाराष्ट्रको वार्धा जिल्लाका झण्डै ९० जना किसानको ऋण तिरिदिएका छन्  । त्यस्तै ऋणमा डुबेका अरु २४ जना किसानलाई पनि आवश्यक रकमसहितको चेक प्रदान गर्ने अमिताभले बताएका छन् ।

वार्धा जिल्लाका २० गाउँका हजारौँ किसानमध्येबाट ती अति गरीब तथा ऋणले थिचिएका किसान सहयोगका लागि छनोट गरिएको थियो । सहयोगका लागि किसान छान्ने काम रोटरी क्लब अब गान्धी सिटी र रोटरी क्लब अफ मुम्बइले गरेका थिए ।
अमिताभले ती सबैलाई गरेर ३० लाख सहयोग गरे । शनिवार भएको विशेष कार्यक्रममा ९० जना किसानलाई दामासाहीले उक्त रकम बाँडेर अमिताभ आफैले चेक प्रदान गरे । त्यस्तै छनोटमा परेका अरु २४ जना किसानलाई छिटै सहयोग प्रदान गरिने बताइएको छ ।

Related

मनोरञ्जन 6323079313117977616

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item