गोकुल साहित्य पुरस्कार मरणोपरान्त ढकाललाई
http://sindhulidarpan.blogspot.com/2012/05/s_4009.html
पोखरा, जेठ ५ । विसं २०६८ को राष्ट्रियस्तरको गोकुल साहित्य पुरस्कार प्रगतिशील साहित्यकार स्व. घनश्याम ढकाललाई मरणोपरान्त प्रदान गरिने भएको छ । प्रगतिवादी साहित्यको उत्थान र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै गण्डकी साहित्य सङ्गम पोखराले रु २५ हजार राशिको सो पुरस्कार मरणोपरान्त उहाँलाई दिने निर्णय गरेको हो ।
प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारबाट हालसम्म देवीप्रसाद किसान (केवुलपुरे), खगेन्द्र सङ्ग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईं, मोहन वैद्य किरण र आनन्ददेव भट्ट सम्मानित भइसक्नुभएको छ । विसं २०१० मा स्याङ्जाको पुतलीबजारमा जन्मनुभएका ढकालको गत वर्ष फागुन १ गते काठमाडौँमा भएको सडक दुर्घटनामा मृत्यु भएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !