सम्पादकीय र समाचार बहिष्कार

http://sindhulidarpan.blogspot.com/2012/05/s_4160.html
तनहुँ, जेठ १० । नेपाल आदिवासी जनजाति महासङ्घको संयुक्त सङ्घर्ष समितिले जातीय राज्यको माग गर्दै आह्वान गरेको नेपाल बन्दको क्रममा राजधानीसहित देशका विभित्र भागमा भएको पत्रकारमाथिको आक्रमण र दुव्र्यवहारको विरोधमा यहाँका सञ्चारमाध्यमले आजको सम्पादकीय र समाचार बहिष्कार गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको कार्यालयमा यहाँका सञ्चारकर्मी र सञ्चारगृहको मङ्गलबार साँझ बसेको आकस्मिक बैठकले सो निर्णय गरेको थियो ।
बन्दकर्ताले गरेको बन्दका समाचार प्राथामिकताका साथ सञ्चारमाध्यमबाट प्रसारण र प्रकाशन हुँदाहँुदै पनि आन्दोलनको नेतृत्व गरेका जिम्मेवार व्यक्तिले नै समाचार सङ्कलनमा गएका पत्रकारमाथि गरेको दुव्र्यवहार र पत्रकारलाई भुस्याहा कुकुर, जुत्ताको माला लगाउनेजस्ता अभिव्यक्ति दिएपछि यहाँका पत्रकारले सो निर्णय गरेका हुन् ।
बैठकमा पत्रिकाले सम्पादकीय बहिष्कार गरी ‘आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तीनदिने नेपाल बन्दका क्रममा बन्दकर्ताद्वारा तनहँुका सञ्चारकर्मीमाथि गरिएको गालीगलोज र दुव्र्यवहारप्रति खेद व्यक्त गर्छाैँ’ भत्रे वाक्य लेख्ने निर्णय भएको छ । रेडियो तथा एफएम तथा टेलिभिजनले समाचारको अघि उक्त वाक्य भनेर मात्र समाचार वाचन गर्ने भएका छन् ।
यहाँको बन्दका बारेमा समाचार, अन्तर्वार्ता र तस्बिर प्रकाशन तथा प्रसारण नगर्ने निर्णय पनि भएको पत्रकार महासङ्घका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !