फाइदै फाइदाको चिनीझार

http://sindhulidarpan.blogspot.com/2012/05/s_506.html
धादिङ, जेठ १०। चिनीरोग लागेकाहरूका लागि समेत फाइदा पु¥याउने चिनीझार (स्टेभिया) राम्रोसँग खेती गर्न सके फाइदै फाइदा पुग्ने विज्ञले बताएका छन् ।
धादिङ चिनीझार खेतीका लागि उपयुक्त हावा र वातावरण रहेकाले आम्दानीका लागि र स्वास्थ्यका लागि फाइदाजनक रहेको विज्ञले बताएका छन् । गुलियो पात हुने अनौठो प्रकारको सो वनस्पति चिनीको सट्टा तथा विभित्र रोगको उपचारका लागि प्रयोग गरिएको छ । धादिङ जिल्ला लगायत देशका दक्षिणी नदीकिनार टार, बेँसी तथा घाम लाग्ने स्थान र १५ देखि ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम भएका बलौटे माटो भएका स्थानमा यसको खेती गर्न सकिने चिनीझार व्यावसायिकीकरण कार्यक्रमका कार्यक्रम संयोजक डिपी सिंखडाले बताउनुभयो ।
अम्लीयपन र क्षारीयपनको मात्रा उचित भएको र समुद्री सतहबाट एक हजार ५०० मिटरसम्मको उचाइका स्थानमा खेती गर्न सकिन्छ । वर्षमा पाँच पटकसम्म उत्पादन लिन सकिने चिनीझार धानमकै कम उत्पादन हुने क्षेत्रमा समेत लगाउन सकिन्छ । चिनीझारको प्रचारप्रसार गर्दै आएको हिपात हर्बस एन्ड एग्रोटेक प्राइभेट लिमिटेडले धादिङमा सो खेती हुने स्थानको पहिचान गरेको छ । यसको सेवनले रक्तचाप कम गर्ने, मधुमेह रोग कम गर्ने, आमाशयको दुखाइ कम गर्ने, एन्टिक्यान्सर हर्मनको विकास गर्ने, मोटोपन घटाउने, रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने र सबै प्रकारको भिटामिन पाइने कम्पनीका अध्यक्ष दीपक न्यौपाने बताउनुभयो ।
नेपाल लगायत अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा सजिलै बिक्री हुने चिनीझार धादिङ, मकवानपुर, चितवन, नवलपरासी, बाँके, बर्दिया, झापा, मोरङ लगायतका जिल्लामा चिनीझार उत्पादन गर्न सकिन्छ । पात चिनीभन्दा २० गुना गुलियो हुने चिनीझारको डाँठ गाई, बँगुर र बाख्रालाई दानाका रूपमा प्रयोग गर्दा दूध र मासुको उत्पादनमा समेत वृद्धि हुने कम्पनीका प्रमोद न्यौपानेले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !