एनआरएन क्यानाडाबाट राम्रो जागिर दिलाउन सहयोग

काठमाडौँ, जेठ १० । गैरआवासीय नेपाली सङ्घ(एनआरएन) क्यानाडाको पाँचौ सम्मेलन अलबर्टा राज्यको एडमन्टन सहरमा एडमन्टन घोषणापत्र जारी गर्दै समापन भएको छ । 

नेपालको सुर्खेतको मैनितडा गाविसलाई नमुना गाउँ बनाउने, नेपाल लाइब्रेरी फाउन्डेसनसंँग सहकार्य गर्दै नेपालमा पुस्तकालय स्थापना गर्ने, प्रोफेसनल मेन्टरसिप कार्यव्रmम गरी नेपालीलाई राम्रा र उच्च तलब भएका जागिरसम्म पहुँच पु¥याउने, महिला तथा बालकल्याण कार्यव्रmम लगायत गैह्रआवासीय नेपालीका लागि दोहोरो नागरिकता, नेपालको विकासका लागि गैह्रआवासीय नेपालीको लगानीको सम्भावना विस्तार गर्ने कुरा एडमन्टन घोषणापत्रमा उल्लेख छ ।

एनआरएनका अध्यक्षमा डा विनोद केसी चुनिनुभएको छ । सो अवसरमा लामो समयदेखि गैरआवासीय नेपालीलाई स्वयमसेवी ढंगले सेवा गर्दै आउनुभएका अग्रज नेपाली डायस्पोरा डा. कुन्जरमणी शर्मा, लक्ष्मण त्रिपाठी र डा. जपनारायणबहादुर श्रेष्ठलाई ‘आउटस्टान्डिङ नेप्लिज डायस्फोरा मेम्बर इन क्यानडा“ नामक सम्मानले विभूषित गरिएको त्यहाँ विद्यावारिधि गरिरहनुभएका कुसुम ज्ञवालीले जानकारी दिनुभयो ।

झन्डै १५ हजार नेपाली र पाँच हजार नेपालीमूलका भुटानी समुदाय रहेको क्यानाडाको पश्चिमी भेगमा रहेको अल्बर्टा प्रान्तका नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टन(नेकासे), क्याल्गरी नेप्लिज कम्युनिटी एसोसिएसन र नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गरी अधिवेशनका सहआयोजक थिए । 

नेपालमा खुल्ला विश्वविद्ययालय स्थापनाको अभियानमा एडमन्टनमा रहेको अथावास्का युनिभर्सिटीसंँग सहकार्यलाई अझ विस्तृत र प्रभावकारी बनाउन नेकासेले महत्वपूर्ण भूमिका खेल्ने नेकासेका अध्यक्ष इन्जिनियर मोहनाथ आचार्यले बताउनुभयो । अलबर्टा राज्यका सभासद् तथा पूर्वसमाजकल्याणमन्त्री प्रा जेने जोजडेस्कीले एनआरएन क्यानाडासँग सहकार्य गर्दै नेपाली समुदायलाई सहयोग गर्न अलबर्टा सरकार इच्छुक रहेको बताउनुभयो । 

एनआरएन क्यानाडाको प्रतिनिधिमण्डलले अथावास्का युनिवर्सिटी क्यानाडाको भ्रमण गरी नेपालमा खुल्ला विश्वविद्यालय स्थापना विषयमा हालसम्म भएका प्रगतिको समीक्षा गर्दै थप आर्थिक सङ्कलनमा समेत सहकार्यका लागि छलफल गरेको नेपालमा खुल्ला विश्वविद्यालय स्थापना अभियानका सदस्य डा. द्रोण रसाइलीले बताउनुभयो । डा. रसाइलीका अनुसार नेपालमै बसेर क्यानाडाली डिग्री पाउन सकिने सो अभियानले क्यानाडा आउन चाहने नेपालीका लागि अत्यन्त राम्रो अवसर प्रदान गर्ने छ ।


क्यानाडाका लागि नेपालका राजदूत डा. भोजराज घिमिरेको प्रमुख आतिथ्यमा भएको अधिवेशनको खुलासत्रमा एडमन्टन नगरका प्रमुख स्टेफेन मान्डेलले नेपाली संस्कृति र परम्पराले क्यानाडाली बहुसांस्कृतिक इन्द्रेणी समाजमा सुन्दर रङ थपेको हुनाले यसलाइ प्रबर्धन गर्न नगर इच्छुक रहेको बताउनुभयो ।  अधिवेशनमा क्यानाडाका विभित्र प्रान्तमा छरिएर रहेका क्यानाडावासी नेपालीका बीचमा व्रिmयाशील विभित्र संघसंस्थाका करिब ३०० सहभागी थिए  ।

Related

प्रमूखखबरहरु 8408871986592659812

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item