गौरिबास गाविसका करिब ३५ सय भूमिहिनहरु लगत फर्म भर्नबाट बिाचत

सुरेश बिडारी/महोत्तरी/फागुन २९ -
महोत्तरी गौरिबास गाविसका करिब ३५ सय भूमिहिनहरु लगत फर्म भर्नबाट बिाचत हुने भएका छन् । समयमै आफूहरुलाई यसबारेमा जानकारी नआएको भन्दै गाविसको दलिय संयन्त्रले फर्म भर्न सिफारिस नदिने भएपछि उनीहरु त्यसबाट बिाचत हुने भएका हुन् ।  जिल्लामा रहेको सुकुम्बासी समस्या समाधान आयोगले अव्यवस्थित भूमिको लालपुर्जा वितरणका लागि प्रकि्रयामा लैजानका लागि लगत फर्म दर्ता गर्न लागेको भएपनि पछिल्ल्ााे समयमा आएर गाविस स्थित दलिय संयन्त्रले यस्तो निर्णय गरेको छ । अन्य जिल्लाको ७४ वटा गाविसले सिफारिस दिइरहेको समयमा गौरिबासले मात्रै सिफरिस नदिएर भूमिहिन सुकुम्बासीको विरुद्धमा निर्णय गरेको भूमि अधिकार माच महोत्तरीले जनाएको छ । सिफारिसका लागि दवाव दिनका लागि भूमिहिनहरुले यसअघि गाविस कार्यालयमा तालाबन्दी समेत गरेका थिए । 
आयोगले पहिलो चरणमा फाल्गुन ८ गतेदेखि २२ गतेसम्म र पछि म्याद थप गरेर चैत्र २ गते सम्म फर्म लिने जनाएको छ । उता सुकुम्बासी समस्या समाधान आयोगका उपाध्यक्ष सत्यनारायण प्रसाद यादवले भने आयोगको तर्फबाट कुनै त्रुटि नभएको बताउनु भएको छ । सिफारिस नदिनका लागि दलहरुले आयोगलाई दोष दिएको उहाँको भनाई थियो । यसैबीच आयोगको जिल्ला स्थित आयोगको कार्यालय जलेश्वरमा आजभोलि फर्म लिने र बुझाउनेहरुको घुँइचो लागेको छ । यो समाचार तयार पार्दा सम्म झण्डै ४ हजार फर्म वितरण भैसकेको र २ हजार फर्म दर्ता भैसकेको आयोगका नायब सुब्बा िसंहलाल स्याङवाले जानकारी दिनुभयो ।

Related

विचाररसाहित्य 3989714945589356525

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item