सविधान निमार्ण नहुनुमा सविधानका सदस्य दोषी नरहेको माओवादी सचिव: गजुरेल


सिन्धुली दर्पण/फागुन ३०
जिल्ला विकास समिति सिन्धुलीको १६ औँ जिल्ला परिषद हिजो  सिन्धुली माढीमा सम्पन्न भएको छ । माओवादी सचिव एवं सभाषद सिपी गजुरेलले हिजो एक कार्यक्रमका विच परिषदको उद्घाटन गर्नुभएको हो । स्थानिय विकास अधिकारी गणेश ज्ञवालीको सभापतित्व एवं माओवादी सचिव तथा सभाषद सिपी गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न परिषदमा आर्थिक वर्ष २०६८/६९ का लागि कुल २ अर्व ९४ करोड १२ लाख ५८ हजार ८ सय ८४ रुपैयाँ वरावरको प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

जसमा चालुतर्फ कुल बजेटको ३३ प्रतिशत ९५ करोड ८७ लाख ३९ हजार ७८ रुपैया र कुल बजेटको ६७ प्रतिशत १ अरव ९८ करोड २५ लाख १९ हजार ८ सय ६ रुपैया रहेको छ । सिन्धुली जिल्ल्ााको विकासका लागि सिन्धुली गढीलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नु जरुरी रहेको बताउदै प्रमुख अतिथी गजुरेलले विकास निर्माणका कुरामा जोड दिनुहुँदै परिणममूखि विकास नै वास्तविक विकास हुने हुँदा सरकारी बजेटलाई परिणम विहिन क्षेत्रमा लगानी गर्नु नहुने बताउनुभयो । गजुरेलले जिल्लामा बजेटमात्र आएर जिल्ल्ााको विकास नहुने र बजेटको सहि तरिकाले सदुपयोग भएमात्र बल्ल समग्र जिल्लाको विकास  हुने कुरामा जोड दिनु भयो । यसै सन्र्दभका गजुरेलले राजनीतिक कुरा जोड्दै तोकिएको समयमा संविधान नवन्नुमा संविधान सभाका सदस्यहरु दोषी नभएको बताउनुभएको छ ।संविधान सभाका सदस्यहरु जनताको चाहाना पुरा गर्न लागी परेपनि केहि राजनितिक पार्टीहरुका कारण समयमा संविधान बन्न नसकेको आरोप लगाउनुभयो । अवको वाकी समयमा संविधान बनाउने प्रसंगमा उहाले संविधान बनाउनका लागी ७ दिन प्रयाप्त भएको भन्दै राजनितिक दलहरुले चाहे अवको समयमा सहजै संविधान बन्ने ठोकुवा गर्नुभयो ।  यसका लागी सहमति आवाश्यक छ उहाले भन्नुभयो । देशले अहिले निर्वाचित प्रधानमन्त्रि पाएकाले यो सरकारले पुर्णता पाउने बताउदै उहाले एमालेको नेतृत्वपंक्तीले ठुलै षड्यन्त्र गरेपनि सातवुदे सहमति लागु हुने कुरामा आफ्नो पार्टीको विश्वास रहेको खुलासा गर्नुभयो । अहिले गृह मन्त्रालय प्रधानमन्त्रि खनाललेनै राखेकाले गृह माओवादीलेनै पाउने विश्वास गर्दै उहाले यो सरकार सहज तरिकाले अघि बढ्ने बताउनुभयो । देशले अहिले निर्वाचित प्रधानमन्त्रि पाएकाले यो सरकारले पुर्णता पाउने बताउदै उहाले एमालेको नेतृत्वपंक्तीले ठुलै षड्यन्त्र गरेपनि सातवुदे सहमति लागु हुने पार्टीको विश्वास रहेको खुलासा गर्नुभयो । अहिले गृह मन्त्रालय प्रधानमन्त्रि खनाललेनै राखेकाले गृह माओवादीलेनै पाउने विश्वास गर्दै उहाले यो सरकार सहज तरिकाले अघि बढ्ने बताउनुभयो । 
जिल्ला विकास समिति सिन्धुलीका कार्यक्रम अधिकृत सागर ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वहादुर भण्डारीसभाषद कल्पना सुवेदी निरु दर्लामी विषमलाल अधिकारी दनुवार माओवादीका जिल्ला इन्चार्ज वसन्त माझी एमालेका जिल्ला अध्यक्ष कमलजंग राई नेपाली काँग्रेसका मोहन वराल संयुक्त माक्स्रवादीका भोजराज सत्याल एकीकृतका ढक प्रसाद देवकोटा मालेका वेच वहादुर हायु सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष मिन वहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Related

विचाररसाहित्य 519028209304667224

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item