आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदद्धारा १६ औ जिल्ला परिषद बहिष्कार

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_9897.html
प्रमिला बुढाथोकी/ फागुन ३०-
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सिन्धुलीले हिजो उद्घाटन गरिएको सिन्धुली जिल्लाको १६ औ जिल्ला परिषद प्रति आपत्ति जनाएको छ । संघिय गणतन्त्र नेपालको मुल्य मान्यता अनुसार जिल्ला विकास समिति सिन्धुलीले लक्षित समुदायको विकासका निम्ति समावेशी निति कार्यक्रम तर्जुमा नगरेको भन्दै १६ औ जिल्ला परिषद आदिवासी जनजातीको तर्फवाट बहिष्कार गरेको समेत महासंघद्धारा आज जारी गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
महासंघका अध्यक्ष सूर्य पाख्रीनद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकारको २०६७ पौष ११ गते मन्त्रिपरिषदको बैठकद्धारा स्वीकृत गरि जारी गरिएको जिल्ला विकास समिति अनुदान साचालन कार्यविधि २०६७ को बुदा नं ३ बमोजिम लक्षित समुदायको कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्न विज्ञप्तीमार्फत माग गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !