गाउँ बन्धक र किनबेच

लहान,  जेठ १०। सिरहा कुर्वा हनुमानगर प्रध गाविस¬– ७ बिरजु मरिकले घरमा रकम आवश्यक परेपछि आफ्नो स्वामित्वमा रहेको कुर्वा गाउँ एक वर्षका लागि गत वैशाखमा रु २५ हजारमा बन्धकी राखेका छन् । 

घरायसी व्यवहारमा आउने आर्थिक समस्या टार्न प्रायः ऋण, सापटी, पैंचो,अत्रपात, पशुपक्षीे बेचबिखन गर्ने चलन भए पनि तराई–मधेसका डोम समुदायले भने त्यस्तो कामका लागि गाउँ बन्धक राख्ने वा किनबेच गर्छन् । ‘पुख्र्यौली गाउँ आफ्नो हिस्सामा परेको र आफूलाई रकमको जरुरी भएपछि बन्धकी राखेको हुँ’ मरिकले भत्रुभयो । 

लहान– १ मटियर्वाका सञ्जय मरिकले पनि त्यस्तै गर्नुभएको छ । आफू बसेको वडाका करिब एक दर्जनभन्दा बढीको टोल उहाँले घरधुरी टोल सिसवनी– २ का गुदर मरिकलाई बेच्नुभएको छ । बिरजु र सञ्जयले जस्तै विद्यानगर गाविस¬– २ का दरपी मरिकले धनगढी गाविसको चैनपुर बजारदेखि पश्चिमतिरको गाउँ सिसवनीकै हरि मरिकलाई गत पुसमा रु ७० हजारमा बिक्री गर्नुभएको छ भने धनगढी ५ नयनपुरका रामचन्द्र मरिकले उक्त गाविसको वडा नं ४ कोइरी टोल आफ्नै बहिनीज्वाइँ सनहैठा– ४ का झरीलाल मरिकलाई बिक्री गर्नुभएको छ । 

खुला बजार अर्थतन्त्र रहेको अहिलेको सन्दर्भमा एक ठाउँमा उत्पादन भएको सामान अर्को ठाउँमा बिक्री गर्न बन्देज नभए पनि डोम समुदायमा अर्काको स्वामित्वमा रहेको गाउँमा बाँसजन्य सामग्री बेचबिखन गर्न पूर्णतः बन्देज छ । ‘आफ्नै छिमेकी भए पनि अरूको स्वामित्वमा छ भने त्यहाँ कुनै आर्थिक कारोबार गर्न पाइँदैन, अन्यथा जातीय रूपमा ठूलो छलफल गरेर आर्थिक जरिवाना समेत गरिन्छ’ डोम मेस्तर उत्थान समाज सिरहाका संयोजक रामचन्द्र मरिकले भत्रुभयो । 



आफ्नो स्वामित्वमा रहेको गाउँमा कतिसम्म कडाइ हुन्छ भत्रे कुराको उदाहरण बत्रुभएको छ, सिरहा सिक्रौनका उपेन्द्र मरिक । लहानकी किसनी मरिकको क्षेत्रभित्र पर्ने रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल क्षेत्रमा स्विपरको नोकरीमा भर्ना हुन लागेका उपेन्द्रलाई अरूको क्षेत्रमा पर्ने अस्पतालमा काम गर्न पाइँदैन भन्दै अवरोध गरिएपछि उहाँले अस्पताल वरिपरिको आधा दर्जन घर रु ४० हजार तिरेर खरिद गरेपछि मात्र काम गर्न पाउनुभएको थियो । 

तराई–मधेसका डोम समुदाय पुख्र्याैली पेसाका रूपमा बाँसजन्य सामग्री बनाएर आफ्नो स्वामित्वमा रहेको बजार र गाउँ बस्तीमा बेच्ने, सुङ्गुर पालन गरेर त्यसको आम्दानीले जीविका चलाउँछन् । सिरहामा डोम समुदाय २४८ घरधुरीमा रहेका छन् भने जनसङ्ख्या करिब दुई हजार जनाको हारहारीमा छ  

Related

विविध 4057360228990274065

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item