म्याद थपको प्रस्तावमा राष्ट्रपति असन्तुष्ट

काठमाडौं, जेठ १० । संविधानसभाको म्याद थपको प्रस्ताव संसदमा दर्ता भएलगत्तै राष्ट्रपति डा.रामवरण यादव र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालवीच भेटबार्ता भएको छ ।

भेटमा डा.यादवले सरकारले संविधानसभाको म्याद तीन महिना थप्न संसद सचिवालय दर्ता गराएको प्रस्तावप्रति चासो र चिन्ता जनाउनु भएको छ । उहाँले समयमा संविधान जारी गर्न प्रयास गर्नुको साटो म्याद थप तर्फ प्रमुख दलहरु उन्मुख भएको भन्दै चिन्ता जनाउनु भएको स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा डा.यादवले एमाओवादी अध्यक्ष दाहाललाई अझैपनि केही नविग्रिएको भन्दै लचकताका साथ सहमति गरेर संविधान जारी गर्न सुझाव दिनुभएको छ ।

एमाओवादी अध्यक्ष दाहालले दलहरुका वीच सहमतिको प्रयास जारी रहेको भन्दै सहमति जुटे जेठ १४ मै नयाँ संविधान ल्याउन सकिने आश्वासन दिनु भएको छ । सरकारको म्याद थप्ने प्रस्तावप्रति सत्तारुढ कांग्रेस र एमाले नै विरोध गरेपछि राष्ट्रपति डा.यादवले यस बारे चासो राख्नु भएको थियो ।

Related

राष्ट्रिय 4097292052937185708

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item