माथिल्लो तामाकोसी आयोजना ३० प्रतिशत सकियो

शेरबहादुर भुजेल,दोलखा,जेठ १०। निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ३० प्रतिशत काम सकिएको छ । दोलखाको लामावगर गाविसमा निर्माण हुन लागेको राष्ट्रिय प्राथमिकताको माथिल्लो तामाकोसी आयोजनाको हालसम्म आयोजना स्थलसम्मको पहुँचमार्ग, विद्युत्गृह र ट्रान्सफर्मर पुग्ने मुख्य सुरुङ्ग निर्माण भइसकेको छ । आयोजनाको सिभिल संरचना अन्तर्गत सबै किसिमका १७ किलोमिटर सुरुङ्ग मध्य मुख्य सुरुङ्गसहित अहिलेसम्म २ हजार ५ सय मिटर सुरुङ्ग निर्माण पुरा भएको आयोजना निमार्णका उप प्रवन्धक विष्णुबहादुर थापाले जानकारी दिनुभयो ।

 आयोजनाको विभिन्न ६ स्थानमा हाल दैनिक २२ मिटर सुरुङ्गको काम भैरहेको छ । आयोजनाको बाँध निर्माणको काम पनि तीब्र गतिमा भैरहेको छ । आयोजनाको कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिनोहाईड्रोले तिब्रगतिमा काम अघि बढाए पनि डिजेल, विस्फोटक पदार्थ, सिमेन्टलगायतका सामाग्री आवश्यक मात्रामा हुन नसकेका कारण आयोजनाको काम प्रभावित हुँदै आएको छ । कुल ३५ अर्ब २९ करोड लागतमा २०७१ सालमा निर्माण पुरा गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोसी आयोजनामा हालसम्म ६ अर्ब रकम खर्च भैसकेको छ ।

Related

प्रविधि 3827158699817447219

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item