सिन्धुलीका द्धन्दपिडित बालबालिकालाई शैक्षिक सामाग्री बितरण


चिना थापा,सिन्धुली,भदौ १९ । 

नेपाल निजामति कर्मचारी युनियनको सातौ स्थापना दिबसको अवसरमा सिन्धुलीको बालमन्दिरमा अध्ययनरत द्धन्दपिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । आज एक कार्यक्रमका बिच १० जना बालबालिकालाई झोला, कापी , कलम , मसि लगायतका शैक्षिक सामाग्री बितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि बेणीमाधब ज्ञवालीले कर्मचारीहरु राष्टसेवक भएकोले राज्यले दिएको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

दायीत्व भन्दा बाहिर गएका कर्मचारीहरुलाई कर्तब्यको बिषयमा जानकारी गराउन कर्मचारी संगठनको भुमिका महत्वपुर्ण हुने उहाको भनाई छ । राज्यले कर्मचारीका लागि ल्याएको नितिलाई कर्मचारीले ब्यवहारमा उतार्न नसके प्रभाबकारी नहुनेमा जोड दिदै ज्ञवालीले कर्मचारीहरुलाई नागरीकको सेवामा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसादले लुईटेलले ब्यक्तिबादी संकारलाई हटाउनुपर्ने भन्दै सामुहिक रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

 द्धन्दपिडित बालबालिकालाई भौतीक सामाग्रि भन्दा पनि मनोबैज्ञानीक रुपमा सहयोग गर्नुपर्ने उहाको धारणा छ । शैक्षिक सामाग्री बितरण कार्यक्रममा जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत सागर ढकाल, महिला तथा बालबालिका कार्यालयका चन्द्रकला श्रेष्ठ, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष फणिन्द्र ढुंगेल , नेपाल निजामति युनियनका केन्द्रिय सदस्य गोपाल ढकाल, नेपाली कांग्रेसका जिल्ला सचिब उपेन्द्र पाख्रेल लगाएतको सहभागिता रहेको थियो ।

Related

प्रमूखखबरहरु 370120593809035993

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item