विपी एवं अरनिको राजमार्ग ठप्प


प्रकाश सुन्दास,  
काभ्रे,चैत २५ ।
३३ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आज विहानै देखि राजधानी पूर्वका जिल्लाहरुमा पनि परेको छ । प्रधानन्यायधिशलाई प्रधानमन्त्री बनाउने मूख्य चार शक्तिले चैत १ गते गरेको निर्णय खारेजीको माग राख्दै नेकपा–माओवादी नेतृत्वमा आह्वान गरिएको बन्दले अरनिको र वीपी राजमार्गमा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् । बन्दका कारण अरनिको राजमार्गबाट काभ्रेका ग्रामीण भेग सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप र बीपी राजमार्ग भएर सिन्धुली–बर्दिबास हुदैँ तराईका विभिन्न जिल्ला तर्फ जाने र राजधानी भित्रिने यातायातका साधन सञ्चालनमा नरहेको जगाती प्रहरी चेक पोष्ट भक्तपुरले जनाएको छ । 

बन्दको प्रभाव यातायात क्षेत्र र प्रमूख ब्यापारिक केन्द्र बनेपामा बढी परेको छ । शैक्षिक संस्था, कलकारखाना पनि बन्द छन् । बन्द कर्ताहरु विहानैदेखि धुलिखेल, बनेपाको चार दोबाटो, तीनदोबाटो, चाँदनी चोक, साँगा भञ्ज्याङ, पाँचखाल, भकुण्डे, पनौती लगायतका मूख्य–मूख्य बजार क्षेत्रको सडकमा भेला भएर बसेका छन् । एम्बुलेन्स, पर्यटक, प्रेस, तरकारी बोकेका सवारी साधनलाई भने निर्वाद चल्न दिने नेकपा–माओवादी काभ्रेका इन्चार्ज चुडामणि गौतम ‘हेमक’ ले बताउनुभयो ।

Related

स्थानिय 3860330688139327344

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item