नेपाल बन्दको प्रभाव सिन्धुलीमा पनि,जनजीवन प्रभावित


रमा काकी,
सिन्धुली,चैत २५ ।
नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सिन्धुलीमा पूर्ण रुपमा परेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार ,पसल तथा शैक्षिक संस्थाहरु पनि पूर्ण रुपमा बन्द रहेका छन् । बन्दलाई सफल पार्न नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरु सिन्धुलीका चोक चोकमा बसेर सक्रियता बढाइरहेका छन् ।
 बन्दका कारण लाखौंको जनजीवन भने प्रभावित बनेको छ । नेपाल बन्द पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नै भएको बताउँदै आज  हुने नेपाल बन्द नेपाली जनताका लागि हुने र बन्द एकदमै शान्तिपूर्ण भएको नेकपा माओवादी सिन्धुलीका सहइन्चार्ज डम्बर कार्कीले जानकारी दिनभयो । खिलराज रेग्मी नेतृत्वको सरकार तथा चार राजनीतिक दलले गरेको संविधानसभाको चुनावको विरोधमा नेपाल बन्द गरेको नेकपा माओवादीले जनाएको छ ।

Related

स्थानिय 5108102251358356212

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item