सिन्धुली अमलेका ४२ घरपरिवार खाने पानी समस्यामा

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_7.html
रमा कार्की,
सिन्धुली,चैत २५ ।
सिन्धुलीको अमले गाविस वडा नम्बर ५ रजबासका स्थानीयलाई खानेपानीको समस्या परेको छ । अमले हुँदै बस्तीपूर गाविस जाने मोटरबाटो खस्ने क्रममा स्काइभेटरले खाने पानी पाईप छुट्टाइदिए पछि विगत एक हप्तादेखि उनीहरु खाने पानी समस्यामा परेका हुन ।

सडक निमार्णका ठेकेदारले २ दिन भित्रै पाइप उपलब्ध गराएर समस्या सामधान गर्ने बताए पनि एक हप्ता भइसक्दा समेत वास्ता नगरेकाले उनीहरु खानेपानी समस्या झेल्न बाध्य छन । अहिले स्थानीय ४२ घरपरिवार खानेपानी समस्यामा छन । उनीलाई घरदेखि दुई घण्टाको बाटो धाएर पानीको जोहो गर्नु परेको स्थानीय सूर्यराम मोक्तानले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !