बन्दका कारण देशभरीको जनजीवन प्रभावित

http://sindhulidarpan.blogspot.com/2013/04/banda.html
काठमाण्डौ,चैत २५ ।
नेकपा माओवादी सहितका साना ३३ दलले गरेको नेपाल बन्दका कारण देशभरीको जनजीवन प्रभावित भएको छ । लामो र छोटो दुरीका यातायातका साधान नचल्दा यात्रुहहरुलाई सास्ती भएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै नेकपा–माओवादी सहितका केही दलले आज नेपाल बन्द गरेका हुन् । स्कूल कलकारखाना, उद्योगधन्दा बन्दको प्रभावमा परेका छन् । बन्दआह्वानकर्ता दलका कार्यकर्ता काठमाण्डु उपत्यकासहित देशभरीका शहरका चोक चोकमा बसेर नारावाजी गरिरहेका छन् ।
बन्दका क्रममा माओवादी कार्यकर्ताले संचारमाध्यमका गाडी पनि तोडफोड गरेका छन् । बन्दका क्रममा सवारी चलाएको भन्दै चावहिलको साततले चोकमा नेकपा–माओवादीका कार्यर्काहरुले माउण्टेन टेलिभिजनको गाडिमा आक्रमण गरेका छन । संचारकर्मी लिन जानेक्रममा नेकपा–माओवादीका कार्यकर्ताले बा ७ च ६८४० नम्बरको गाडि तोडफोड गरेको टेलिभिजनले जनाएको छ । नेकपा–माओवादी भने बन्दका क्रममा प्रेस, पर्यटक, अस्पताल तथा अत्यावश्यक सेवामा अवरोध नपु¥याउने बताएको छ । सरकारले भने बन्दका कार्यक्रम फिर्ता लिई वार्तामा आउन आह्वान गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !