सिन्धुलीको डाडीगुराँसे गाविस खुल्ला दिशा मुक्त घोषणा

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_1127.html
सिन्धुली,चैत २४ ।
सिन्धुलीको डाडीगुरासे गाविसको वडा न. ६ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । स्थानिय वडा नागरिक मञ्चका संयोजक युवराज गौतमको अध्यक्षता तथा जिल्ला विकास समिति सिन्धुलीका योजना अधिकृत सुरेन्द्र थापामगरको प्रमुख
आतिथ्यतामा भएको कार्यक्रममा “खुल्ला ठाउँको दिशा लोकको भिष्षा” जस्ता नारा लेखिएका प्ले कार्ड सहितको ¥याली निकालिएको थियो । पहिलो खुल्ला दिशा मुक्त हुने वडालाई पुरस्कार दिने गाविसको निर्णय अनुसार पहिलो भएकोमा वडा न. ६ लाई प्रमाणपत्रको साथमा दश हजार रुपैया नगदले सम्मान समेत गरिएको छ । कार्यक्रममा कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत युवराज आचाार्य,भिडव्लुसिसीका खड्ग वसु, चुडामणी आचार्य, यम वहादुर दर्लामी, प्लान नेपालका शान्ता रजौले, प्रज्वल खतिवडा, डाडिगुरासे गाविसका गाविस सचिव देवान्नद श्रेष्ठ, स्थानिय राजनितिक दलका प्रतिनिधि लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न साँस्कृति प्रस्तुती रहेको थियो । खुल्ला दिशामुक्त कार्यक्रममा करिव २ जना भन्दा वढीको उपस्थिति रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !