सिन्धुलीको मुल्कोटमा सडक अवरुद्ध


सिन्धुली,चैत २४ ।
 सिन्धुली जिल्लाको पुरानोझागाझोली गाँउ विकास समिती–६ स्थित सहस्रधारा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीहरुले आज  दुई घण्टा विपी राजमार्ग अन्तरगतको मुल्कोटमा सडक अवरुद्ध पारेकाछन् । केही व्यक्तीहरुले सामुदायीक वन क्षेत्रको हातावाट अनाधिकृत रुपमा ढुङ्गा निकाली वनेपा वर्दिवास सिन्धुली सडक आयोजनालाई विक्री गर्ने गरेकाले त्यसको विरोधमा वन उपभोक्ता समुहको नेतृत्वमा सडक अवरुद्ध गरेका हुन । निर्माणाधिन विपी राजमार्गको सडक निर्माण कम्पनीले अनाधिकृत रुपमा जथाभावी निकालिएको ढुङ्गा व्यक्ती मोटाउने गरि खरिद गरि रहे मंगलवार देखी अनिश्चित कालीन विपी राजमार्ग अवरुद्ध गर्ने निर्णय सहस्रधारा सामुदायीक वन उभोक्ता समुहले गरेको छ ।
सहस्रधारा सामुदायीक वन समितीको क्षेत्रवाट जर्वजस्ती अर्को सामुदायीक वन उपभोक्ता समुहका सन्तोष दाहालले जथाभावी ढुङ्गा निकाली सडक निर्माण कम्पनीलाई विक्री गर्दै आएका थिए । सहस्रधारा सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष सहितको पदाधिकारीहरुले सन्तोष लाई पटक पटक वन क्षेत्र वाट ढुङ्गा ननिकाल्न आग्रह गर्दा पनि अटेर गरेकाले सडक अवरुद्ध गर्नु परेको सहस्रधारा सामुदायीक वन उपभोक्ता सहुका अध्यक्ष प्रमोद दाहालले वताउनुभयो  ।
सन्तोष दाहालले अनाधिकृत रुपमा सहस्रधारा सामुदायीक वन उभोक्ता समुहवाट निकालीएको ढुङ्गा सडक निर्माण कम्पनीलाई प्रति ट्रक २२ सयका दरले विक्री गर्ने गरेका छन् । अहिले सम्म उनले २७५ टिप ढुङ्गा विक्री गरेको सहस्रधारा सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष दाहालले वताउनुभयो । सामुदायीक वन उपभोक्ता समुहवाट निकालेको ढुङ्गाको आम्दानी व्यक्तीले प्रयोग गर्न पाउनु हुँदै  समुहका अध्यक्ष दाहालले भने । सडक निर्माण कम्पनीले खरिद गरेको २७५ टिप ढुङ्गाको मुल्य सामुदायीक वन उपभोक्ता समुहको खातामा जम्मा गर्नु पर्ने अध्यक्ष दाहालले वताउनुभयो ।
सामुदायीक वन क्षेत्र भित्रको जल,जंगल र जमिनको अधिकार स्थानिय समुदायको हुने भएकाले अधिकार प्राप्तीको लागी आन्दोलन गर्नु परेको अध्यक्ष दाहालको भनाई छ ।

Related

स्थानिय 1363590045153647406

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item