अग्नी नियन्त्रणको लागि ५ दिने संयुक्त सचेतना अभियान आजवाट सिन्धुलीमाढीमा सुरु



चीना थापा,
सिन्धुली,चेत २४ ।

अग्नी नियन्त्रणको लागि ५ दिने संयुक्त सचेतना अभियान आजवाट सिन्धुलीमाढीमा सुरु भएको छ । वन जङ्गललाई आगलागीबाट जोगाउनको लागि सामुदायिक वन उपभोक्ता महासंघ र जिल्ला वन कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा अभियान सुरु भएको हो । आज पहिलो दिन कमलामाई नगरपालिका ४ ऐसेलुजंगारमा रहेको कमला सामुदायिक वनका उपभोक्तारुलाई आगलागी कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराईएको थियो भने अन्य ३ वटा सामुदायिक वनमा पनि आजै जानकारी गराउने सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । अभियान जिल्ला भरि रहेका सामुदायिक वनहरुमा सञ्चालन गर्ने श्रेष्ठको भनाई छ । आजवाट सुरु भएको अभियान २९ गते सम्म सञ्चालन हुनेछ ।

Related

प्रमूखखबरहरु 3087245321529425353

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item