भारतमा मृत्यु भएका नेपालीको पोष्टमार्टुम गरिंदै

http://sindhulidarpan.blogspot.com/2012/09/death_4.html
दार्चुला,भदौ १९ ।
भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाअन्तर्गत धारचुला दारमा क्षेत्रमा पहिरोमा पुरिएर मृत्यु भएका मध्ये ६ जनाको शवको अहिले पोष्टमार्टुम हुँदैछ । दार्चुलासंग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको दारमा भन्ने स्थानमा सडक खन्ने क्रममा अस्ति पहिरोमा पुरिएर मृत्यु भएकाहरुको शवको धारचुला सामुदायिक स्वास्थ्य केन्द्र्रमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पोष्टमार्टुमको लागि जिल्ला अस्पताल पिथौरागढबाट मुख्य चिकित्साधिकारी डाक्टर जेएस पांगतिको टोली हिजो राती धारचुला पुगेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !