जनकपुर अञ्चल अस्पतालको रेकर्डमा डा.को कागजात फेला परेन

 जनकपुर,जेठ १० । जनकपुर अञ्चल अस्पतालको रेकर्ड शाखामा अस्पताल विकास समितिको तर्फबाट विगत साढे दुई बर्षदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका डा. सुरेन्द्र कर्णको एउटा पनि कागजात नभएको खुलेको छ । । नागरिकता, सर्टिफिकेट,नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र केही पनि नरहेको पाइएको छ । कर्णको फाइलमा  निवेदन, टिप्पणी र नियूक्ती पत्र बाहेक अन्य कुनै पनि कागजात नभएको खुलासा भएको हो । तत्कालिन मेडिकल सुप्रिटेन्डेन्ट डा. गौराँग मिश्राले  २०६६ साल कात्र्तिक १८ गते दिएको नियुक्ती पत्रमा मेडिकल काउन्सिलको कागजात उपलब्ध गराउन भनिएको छ । 


तर साढे दुई बर्ष भईसक्दा समेत काउन्सिलको दर्ता प्रमाण पत्र रेकर्ड शाखामे नबुझाईएको अस्पताल स्रोतले जनाएको छ । त्यस्तै नियूक्ती प्रक्रिया अन्तर्गत नेपाली नागरिकता, सर्टिफिकेट र मेडिकल काउन्सिलको प्रतिलीपी अनिवार्य भएपनि प्रक्रिया पुरा नगरेरै  नियुक्ती दिईएको रेकर्डले पुष्टि गरेको छ ।  कर्णको फाईलमा अनिवार्य कागजात समेत नभेट्नुले मनोमानी तरिकाले नियुक्त गरिएको प्रष्ट भएको छ । त्यस्तै  नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र दुई बर्षमा स्थाइ हुने प्रावधान छ तर साँढे दुई बर्ष भई सक्दासमेत उनको एनएमसी नं.८८९२ स्थाई नभएको पनि पाईएको छ । यता नागरिक समाजका अगुवाहरुले डा. कर्णको नियूक्ती र प्रमाणपत्रहरु मथि छानबिन हुनु पर्ने र दोषीहरु माथि कारवाही हुनु पर्ने माग गरेका छन् । डा. सुरेन्द्र कर्णको लापरवाहीका कारण तीन जना सुत्केरी महिलाले ज्यान गुमाईसकेका छन् 

Related

विविध 8411781645242429266

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item