सिरहाका आगलागी पीडितको अवस्था दयनीय बन्दै

लहान,जेठ १० । आगलागीबाट ध्वस्त भएको सिरहाको औरही गाविसका  अग्नि पीडितहरुको अवस्था दयनिय बन्दै गएको छ । उनीहरु अझै पनि खुल्ला आकास मुनी बस्न बाध्य भएका छन् । आगलागी भएको १० दिन भइसक्दा पनि उनीहरुको चुल्हो बल्न सकेको छैन । तराईमा अहिले ४० देखि ४१ डिग्रीको हाराहारीमा तापक्रम रहदासमेत खुल्ला आकाश मुनी बसेर दिन विताउनु परेको पीडितहरुको गुनासो छ । आगोले बस्ती नै सखाप हुदा अहिले औरही बासीलाई शितल लिने रुखको छहारीसम्म पनि छैन । उनीहरु रेडक्रसले दिएको पालमा आफ्ना बालबच्चालाई राखेर आफु खुल्ला चउरमा गुजारा गरिरहेका छन ।

 अहिले औरहीका अग्नि पीडितहरुका लागि एकीकृत नेकपा माओवादीले चार दिनदेखि क्याम्पिङ गरी एकै ठाँउमा राखेर सामुहिक खाना खुवाईरहेको छ र यो क्रम १ हप्ता सम्म जारी रहने छ । यस्तै सिरहाको औरहीका अग्नि पीडितहरुका लागि जमियत उल्मा ए नेपालले ६ लाख मुल्य बराबरको खाद्यान्न, लत्ता कपडालगायतका  राहात सामाग्री वितरण गरेको छ । ४ सय ७७ घर परिवारमध्ये प्रति परिवार ७ सयका दरले राहात स्वरुप नगद वितरण गर्न लागिएको हो । त्यसैगरी जिल्ला कारागार सिरहाका कैदी बन्दीहरुले संकलन गरेको रकम औरही अग्नी पीडित राहत कोषको खातामा जम्मा गरिएको छ । प्रत्येक कैदी बन्दीहरुबाट संकलन गरेको २६ हजार ८० रुपैयाँ कोषमा जम्मा गरेको जिल्ला कारागार सिरहाले जानकारी दिएको छ । त्यसैगरी जनकपुरको रौनीयार युवा मंचले सकलन गरेको राहात सामगी  पनि पीडितलाई प्रदान गरिएको छ ।

Related

विविध 6460080418486720782

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item