सुर्तीको धुलो खादा एक बालिकाको मृत्यु

 रौतहट,जेठ १० । दांत माझ्ने सुर्तीको धुलो (गुल) खाएर रौतहटको चन्द्रनिगाहपुरमा एक बालिकाको ज्यान गएको छ । चन्द्रनिगाहपुर–१ बस्ने भैरव गिरीको १ वर्षीया छोरी सुडि गिरीले घरमा दांत माझ्नका लागि राखेको गुल खाएर ज्यान गएको छ । बच्चा बेहोस् भएपछि उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले बालिकालाई मृत घोषणा गरेका थिए । सो घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Related

विविध 7927824593037295648

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item