म्याद थपबारे काङ्ग्रेसको आपत्ति

http://sindhulidarpan.blogspot.com/2012/05/s_23.html
काठमाण्डौ,जेठ १० ।
म्याद थपबारे सरकारको निर्णयप्रति असहमति जनाएपछि काङ्ग्रेसले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउन सक्ने सङ्केत देखाएको छ । काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एकीकृत माओवादीले जबर्जस्ती आफ्नो पार्टीको सहमति विपरित म्याद थप्ने प्रस्ताव पेश गरेकोले सरकारबाट बाहिरिनुपर्ने बताउनुभयो । बिहान बसेको अनौपचारिक बैठकमा पनि धेरैजसो सदस्यहरूले सरकारबाट बाहिरिनुपर्ने सुझाव दिएका छन् । यसका लागि औपचारिक निर्णय गर्न आज दिउँसो ४ बजे पछि काङ्ग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
नेपाली काङ्ग्रेसले संविधानसभाको म्याद थप गर्ने सरकारको प्रस्ताव मान्य नहुने निर्णय गरेको छ । म्यादका सम्बन्धमा आज बिहान सभापति सुशील कोइरालाको निवासमा बसेको काङ्ग्रेस नेताहरूको अनौपचारिक छलफलले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतले अन्तिम पटकका लागिभन्दै जेठ १४ सम्म मात्रै संविधानसभाको अवधि रहने गरी सुनाएको फैसलाको विरुद्ध जान नसकिने काङ्ग्रेस नेताहरूको तर्क छ । न्यायपालिकाको अपहेलना हुने गरी फैसलाविरुद्ध जान नसक्ने भन्दै काङ्ग्रेसले आपत्ति जनाएको हो । सरकारले भने जेठ १४ मा संविधान जारी गर्नसक्ने कुनै सम्भावना नरहेकोले संविधानसभा बचाउनका लागि भन्दै अन्तरिम संविधान संशोधनका लागि विधेयक दर्ता गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !