कतै बन्द कतै सद्भाव ¥याली

http://sindhulidarpan.blogspot.com/2012/05/s_5929.html
बनेपा, जेठ १०। दनुवार जातिले आज गरेको बन्द आह्वानले काभ्रे र सिन्धुपाल्चोकमा आंशिक प्रभाव परेको छ । उनीहरूले जातीय राज्यको माग गर्दै काभ्रेको तीनपिप्लेदेखि पाँचखालसम्मको बजार बन्द गराएका छन् । सिन्धुपाल्चोकमा पनि बन्दको प्रभावले अरनिको राजमार्ग हुँदै चल्ने छोटो तथा लामो दूरीका यातायातको साधन सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सुजन राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यातायात सञ्चालन नभए पनि बजार खुल्ला छ ।
एक तथ्याङ्क अनुसार पाँचखालमा मात्रै करिब १५ प्रतिशत दनुवार जाति रहेको जनाइएको छ । पाँचखालमा भएको सो बन्द खुलाउन प्रहरी परिचालन गरिएको छ । विराटनगर– बृहत् मधेसी मोर्चाद्वारा स्वायत्त मधेस एक प्रदेशको माग गर्दै आह्वान गरिएको अनिश्चितकालीन तराई बन्दको आज छैटौँ दिन पनि यहाँको जनजीवन प्रभावित एवम् कष्टकर बनेको छ ।
बन्दका क्रममा बजारका साथै उद्योग, कलकारखाना तथा छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन भएका छैनन् । भित्री बजार भने खुल्ला रहनाका साथै औषधिपसल सञ्चालन भएको छ । एघार कक्षाको आजको परीक्षा भने सञ्चालन भएको प्रहरीले जनाएको छ । विराटनगर मेनरोडमा भने एम्बुलेन्स, सञ्चारकर्मीको गाडी तथा रिक्सा, मोटरसाइकल सञ्चालनमा आएको छ ।
अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । शान्तिसुरक्षा कायम गर्नका लागि सुरक्षाकर्मीको चोकचोकमा बाक्लो उपस्थिति छ । रोडशेष चोकमा बन्दकर्ताले मोटरसाइकल सञ्चालनमा रोक लगाएको प्रहरीले जनाएको छ । दैनिकजसो बन्दले गर्दा यस क्षेत्रमा सर्वसाधारण जनता पीडित भएका छन् ।
चितवन–उद्योग वाणिज्य सङ्घ चितवनले आज बिहान नारायणगढमा बृहत् सद्भाव ¥याली तथा दौड आयोजना गरेको छ । कार्यक्रमपछि आयोजित सभालाई सम्बोधन गर्दै सङ्घका पूर्वअध्यक्ष कृष्णबन्धु पियाले सबै जातजाति जसरी थियौँ त्यसरी नै रहनुपर्छ भन्दै जातीय सद्भाव खलबलिन दिन नहुने बताउनुभयो । निर्बाधरूपमा आफ्ना काम गर्न पाउने वातावरण सिर्जना गर्न उहाँको आग्रह थियो ।
सङ्घका अध्यक्ष डा तिलचन्द्र भट्टराईले नेपालीलाई बन्दहडताल नभएर सामाजिक, सांस्कृतिक र आर्थिक समृद्धि चाहिएको बताउनुभयो । फेन्सी व्यवसायी सङ्घका अध्यक्ष इसुफदिन मियाले बन्दका कारण उद्योगव्यवसाय धराशायी बन्दै गएको बताउनुभयो । ‘शान्ति र संविधानका लागि सद्भाव’ भत्रे मूल नाराका साथ उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना, फेन्सी व्यवसायी सङ्घ चितवनको संयोजन तथा वस्तुगत व्यवसायी सङ्घको सहयोगमा ¥याली तथा दौड आयोजना गरिएको हो ।¥यालीमा ठूलो सङ्ख्यामा उद्योगीव्यवसायी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सर्वसाधारण एवम् पत्रकारको सहभागिता थियो ।
नारायणगढको पोखरा बसपार्कबाट सुरु भएको सद्भाव ¥याली एवम् दौड लायन्स चोकमा आएर सभामा परिणत भएको थियो । विभित्र जातीय सङ्गठनले आयोजना गरेको बन्दका कारण दुई सातादेखि चितवन ठप्प हँुदा दैनिक करोडौँको नोक्सानी बेहार्नुपरेको व्यवसायीले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !