चुनाव घोषणा स्वागतयोग्य:कमल थापा

http://sindhulidarpan.blogspot.com/2012/05/s_4431.html
काठमाडौँ, जेठ १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र सत्तालिप्साका कारण वर्तमान संविधानसभा स्वतः विघटन भएको भन्दै ताजा जनादेशका लागि वर्तमान सरकारले गरेको घोषणा स्वागतयोग्य रहेको बताउनुभएको छ । संविधान निर्माणका सम्पूर्ण प्रक्रियालाई एनेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाले स्थापित विधि र प्रक्रियालाई मिचेर जनतालाई कुठाराघात गरेको पनि उहाँले आरोप लगाउनुभयो ।
राप्रपा नेपाल, केन्द्रीय कार्यालयले बालुवाटारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले ऐतिहासिक संविधानसभालाई मृत्युवरण गर्न बाध्य तुुल्याएका उक्त दलहरुले गरेको जघन्य अपराधको राप्रपा नेपाल घोर विरोध र भत्र्सना गर्दछ भन्नुभयो । उहाँले वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारको वैधानिक एवम् नैतिक आधार समाप्त भइसकेकाले स्वतन्त्र, निष्पक्ष एवम् भयरहित चुुनावी सरकारको गठन हुनुपर्ने बताउनुभयो । अध्यक्ष थापाले संवैधानिक रिक्तताको स्थिति खडा भएकाले संवैधानिक एवम् राजनीतिक शक्तिहरुका बीचमा बृहत् राजनीतिक सहमति हुनुपर्ने आवश्यकता छ भन्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !