अभियुक्तहरू पक्राउ

तानसेन,  वैशाख ३०  ।

 गाई चराउन गएका दुई महिलाको हत्यामा संलग्न रहेका दुई युवालाई शुक्रवार तानसेनमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेका अर्घाखाँची जिल्लाको खनदह गाविस–१ का तुल्सी विकलाई तानसेन–८ महेन्द्रबोधी उच्च मावि नजिकैको डेराबाट र तानसेन–८ भगवतीटोलका रोहित शाहीलाई उनकै घरबाट प्रहरीले आज बिहान ४ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मीरा चौधरीले बताउनुभयो । 

पाल्पा जिल्लाको बराङ्दी गाविस–२ घारेखोलामा गाई चराउन गएका दुई महिलाको हत्या गरिएको शव वैशाख २२ गते फेला परेको उपरीक्षक चौधरीले बताउनुभयो ।  सोही घटनामा तुल्सी विकको डेराबाट हत्या गरिएका दुवै महिलाको गरगहनासमेत प्रहरीले बरामद गरेको छ ।   शाही तानसेनमा अध्ययन गर्दै आएका र विक १९ दिन अगाडि भारतबाट नेपाल आएको बताइएको छ । विक गुल्मीको हरिचोर गाविसको एक विश्वकर्मा परिवारको हत्यामा समेत संलग्न रहेको उपरीक्षक चौधरीले बताउनुभयो । 

महिलाको हत्या गरी शव काफलको रुखमुनि फालिएको अवस्थामा भेटिएको थियो । हत्या हुनेमा चिर्तुधारा गाविस–८ माझटोलकी ६५ वर्षीया भुनीकला गाहा र ६० वर्षीया कुमारी गाहा छन् । 

Related

विविध 6805099020419046995

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item