कैदी–कैदीबीच झडप

चौतारा, वैशाख ३० । 


जिल्ला कारागार सिन्धुपाल्चोकका कैदीकैदीबीच झडप हुँदा थुनामा रहेका एक चिनियाँसहित तीनजना घाइते भएका छन् ।  कारागारका नाइके तथा भाइनाइकेले अनावश्यक रुपमा दमन गरी बेलाबेलामा कुटपिटसमेत गर्ने गरेको भन्दै गएराति आन्दोलित कैदीबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते चिनियाँ नागरिक समेत नेपालका बलबहादुर तामाङ र दुर्गाबहादुर मगरलाई राति नै चौतारा अस्पतालमा उपचार गराई कारागारमा फर्काइएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।  प्रहरीले तीनजना मात्र घाइते भने पनि कैदीहरुले छ–सातजना घाइते भएको बताएका छन् । यसैबीच, घटनामा संलग्न भएको आरोपमा छजनालाई हिरासतमा राखिएको प्रहरीले बताएको छ ।  सातजना महिला कैदीका लागि बनाइएको नवनिर्मित कारागार भवनमा हाल ९२ जना पुरुष कैदीलाई राखिएको छ ।

Related

विविध 1422356452943512671

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item