एमाले सभासद्हरुलाई निर्देशन

http://sindhulidarpan.blogspot.com/2012/05/s_4702.html
काठमाण्डौ,वैशाख २९ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सङ्घीयता र शासकीय स्वरुपलगायतका संविधान निर्माणका विषयमा पार्टीको निर्णयअनुसार मत जाहेर गर्न आफ्ना सभासद्लाई निर्देशन दिनुभएको छ । विभिन्न पार्टीका जनजाति र मधेसी सभासद्ले संयुक्त मोर्चा बनाउने तयारी गरिरहेका बेला आज बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष खनालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले दलहरुको शीर्ष तहमा सहमति वा लेनदेनबाट कुनै सहमति भएमा सोही बमोजिम हुने तर मतदान गर्नु परेमा पार्टीको स्थायी कमिटीको पछिल्लो निर्णय अनुसार प्रस्तुत हुन आग्रह गर्नुभयो ।
.jpg)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !