नेपाल एसिसी अण्डर १६ इलाइट कप क्रिकेटको फाइनल प्रवेश

काठमाण्डौ,वैशाख २९ ।

सिंगापुरलाई हराउँदै नेपाल एसिसी अण्डर १६ इलाइट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आजको खेलमा नेपालले १०१ रनले सिंगापुरलाई पराजित गरेको हो । प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

 २४१ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३६ दशमलव ५ ओभरमै सबै विकेट गुमाउँदै मात्र १३९ रन मात्र बनाउन सकेपछि खेल नेपालले जितेको हो । नेपालका लागि जगदिश चन्दले ५३ रनको योगदान दिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए । नेपालले अब फाइनलमा ओमन र मलेसिया मध्ये एकसँग भिड्नेछ ।

Related

प्रमूखखबरहरु 7918292594314425963

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item