बन्दको अवज्ञा गरेको भन्दै तोडफोड

http://sindhulidarpan.blogspot.com/2012/05/s_1730.html
चीना थापा ,
सिन्धुली,वैशाख २९ ।
बन्दको अवज्ञा गरेको भन्दै बन्द कर्ताहरुले आज सिन्धुलीमाढीमा एउटा मोटरसाईकल तोडफोड गरेकाछन् । फिटिङ्गदेखि गंखोलाको बाटो भएर सन्धुलीमाढी तर्फ आउदैगरेको बा २० प ८६५७ नम्बरको मोटरसाईकल तोडफोड गरेका हुन् ।
मोटरसाईकल सामान्य क्षति भएको छ । जातीय राज्यको विरोध, तोकिएकै समयमा नयाँ संविधान जारी गर्नुपर्ने लगायतका माग राखेर व्राह्मण, क्षेत्री, दलित, मुस्लिम लगायतका समूहको संयुक्त संघर्ष समितिले आह्वान गरेको नेपाल बन्दको प्रभाब सिन्धुलीमा आज दोस्रो दिन पनि जारी छ । बन्दका कारण सार्वजनिक सवारीका साधन चल्न सकेका छैनन् । सडकमा सुरक्षाकर्मी, पत्रकारलगायतका केही सवारी साधन सामान्य चलेका छन् । बन्दलाई मध्यनजर गरि कुनै पनि अप्रिय घट्ना नहोस भन्दै जिल्लाको सुरक्षा ब्यवस्था झनै कडा पारीएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुृलीमा अहिलेसम्म कुनै पनि अप्रिय घट्नाहरु नभएको प्रहरीको दाबी छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !