नेताहरू सहमत

काठमाडौँ,  वैशाख २९ । 

प्रमुख राजनीतिक दलका नेताहरू ब्राह्मण क्षेत्री तथा अन्य समुदायलाई अन्य जातिमा रखिएकोमा त्यसलाई सच्याउन सहमत भएका छन् । ंिसंहदरवारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा आज भएको वार्तामा आन्दोलनरत ब्राह्मण तथा क्षेत्री समुदायका प्रतिनिधिहरूसँग शीर्ष नेताहरूले आन्तरिक संविधान संशोधन गरेरै भए पनि अन्य जातिबाट हटाउने विषयमा छलफल सकारात्मक रहेको नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो । 
उहाँले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुपहिचानको मुलुक भएकाले त्यसैको आधारमा मात्र राज्यको पुनः संरचना गरिने र एकल जातीय राज्य नबनाइने विषयमा समेत नेताहरू सहमत रहेको बताउनुभयो ।  छलफल सकारात्मक रहेको बताउँदै नेता नेपालले एकल जातीयभन्दा बहुजातीय आधारमै राज्यको पुनः संरचना गरिने भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्ता र सहमतिमार्फत अगाडि बढ्न नेताहरूले आन्दोदनकारी पक्षसँग अनुरोध गरेको उल्लेख गर्नुभयो । 

वार्तामा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् तथा प्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाली काँग्रेसका उप–सभापति रामचन्द्र पौडेल र नेकपा एमालेका वरिष्ठ नेता नेपाल तथा आन्दोलनरत ब्राह्मण तथा क्षेत्री समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । 

Related

राष्ट्रिय 7239796655649126432

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item