अन्तर्राष्ट्रिय कराँतेमा नेपालसहित पाँच देश

http://sindhulidarpan.blogspot.com/2012/05/s_1017.html
काठमाडौँ,वैशाख २९ ।
नेपाल कराँते महासङ्घको तत्वावधान तथा नेपाल सितोरियो कराँते डो सङ्घको आयोजनामा भोलि निबारदेखि प्रथम कात्सुहिको गिबो स्मृति अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका पाँचवटै विकास क्षेत्रका पाँच टिम, तीन विभागीय टिम नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहित भारत, बङ्लादेश, पाकिस्तान र जापानका राष्ट्रिय टिमको सहभागिता रहने नेपाल कराँते महासङ्घ एवम् सितोरियो कराँते डो सङ्घका अध्यक्ष दावा गुरुङद्वारा आज जारी प्रेसविज्ञप्तिमा जनाइएको छ ।
तीन सयभन्दा बढी खेलाडी सहभागी हुने सो प्रतियोगितामा कुल उत्राइस स्वर्णका लागि प्रतिस्पर्धा हुने विज्ञप्तिमा जनाइएको छ । साथै कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि नेपाल सितोरियो कराँते डो सङ्घका प्रवक्ता ईश्वर थापाले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने उक्त प्रतियोगिता त्रिपुरेस्वरस्थित दशरथ रङ्शालाको कभर्ड हलमा हुने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !