"६ सय १ सभासदको श्राद"

http://sindhulidarpan.blogspot.com/2012/05/s_663.html
सुरेश बिडारी,
सर्लाही वैशाख २९ ।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्घर्ष समितिले आज सर्लाहीको लालबन्दीमा ६ सय १ सभाषदको श्राद्ध गरेका छन् । तोकीएको समयमै संविधान नबनाएको र राष्ट्रलाई विखण्डन गर्न लागेको भन्दै लालबन्दि चौकमा श्राद्ध संगै होम समेत गरेका छन् ।
उनीहरुले समासदको श्राद्ध गर्दे माटोको पीण्ड प्रदान गरेका थिए । यता संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको बन्दका कारण सर्लाहीको जनजीवन पनि प्रभावित भएको छ । फाट्टफुट्ट मोटरसाइकल सञ्चालनमा रहेको भएपनि अन्य सवारी तथा पसल व्यवसाय भने बन्द रहेका छन् । उच्च माध्यमिक शिक्षा परिषद अन्र्तगतको कक्षा १२ को परीक्षा सञ्चालन गर्न दिइएको भएपनि शिक्षण संस्था र कलकारखाना ठप्प पारिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !